Lumbini Live

Follow Us:

बाँकेमा सङ्क्रमितको सङ्ख्या १९६ पुग्यो

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on email
Email
Share on print
Print
-Advertisement-

–हाम्रो समाचार–
नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिकामा आज थप सात जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

भेरी अस्पताल नेपालगञ्जको पीसीआर प्रयोगशालामा गरिएक परीक्षणमा डुडुवा गाउँपालिका वडा नं. २ का १८,२६, ३५ बर्षीय, वडा नं. ३ का १७, १९, २६, बर्षीय र वडा नं. ४ का १८ बर्षीय गरी ७ जना मा कोरोना सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार, डुडुवा गाउँपालिकामा मात्रै सङ्क्रमितको सङ्ख्या २५ पुगेको छ । यो सँगै बाँके जिल्लाको सङ्क्रमित सङख्या १९६ पुगेको छ ।

पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा आज मुलुकभर थप २२६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
नेपालमा सङ्क्रमित सङ्ख्या एकहजार ७९८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो । पुरूष २१३ र महिला १३ सङ्क्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्